ताजा समाचार


जनकपुर जेसीजको अध्यक्षमा मनोज साह निर्वाचित

द रियल समाचार     २०७७ पुष २६, आईतवार, १४: ४६ मा प्रकाशित




जनकपुरधाम । जनकपुर जेसीजको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार सम्पन्न जेसिजको ३८ औं शाखा अधिवेशन तथा वार्षिक साधारणसभाबाट वर्ष २०२१ का लागि नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा जेसी मनोज कुमार साह निर्वाचित भएका छन् भने उपाध्यक्षमा जेसी दिपक यादव, जेसी मुकेश कुमार साह, जेसी बिनय साह र जेसी राजेन्द्र कुमार साह निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा जेसी डा.राजेश मण्डल र जेसी उपेन्द्र कुमार साह सर्वसम्मत चयन भएका छन् । त्यस्तै महासचिवमा जेसी राजकुमार साह र कोषाध्यक्षमा जेसी आतोष साहलाई मनोनित गरिएको छ भने कानुनी सल्लाहकारमा जेसी राजु साह चयन भएका छन् ।

अध्यक्ष र उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा जनकपुर जेसीजका १७२ सदस्यहरु मध्ये मतदानमा १५४ जना सहभागी भएका थिए । यसअघि जनकपुर जेसीजको वर्ष २०२० को अध्यक्ष जेसी गौतम साह थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top