ताजा समाचार


रहेनन् क्रिकेटर कुन्दन

द रियल समाचार     २०७७ पुष २६, आईतवार, १३: १५ मा प्रकाशित




जनकपुरधाम । लामो समयदेखि दुबै मिर्गौला फेल भई उपचार गराईरहेका क्रिकेट खेलाडी कुन्दन सिंहको आज बिहान निधन भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टाका २४ वर्षीय कुन्दनको आज बिहान करिब ८ बजे आफ्नै निवासमा निधन भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिए ।

विगत लामो समयदेखि मिर्गौलाको समस्याबाट लडिरहँदा उनी कोरोना संक्रमित भएका थिए । तर पछिल्लो पटक उनले कोरोनालाई समेत जितिसकेका थिए । राष्ट्रियस्तरमा प्रदेश २ को तर्फबाट दर्जनौं यु–१९ क्रिकेट प्रतियोगिता खेलिसकेका कुन्दनको मिर्गौलाले विगत लामो समयदेखि काम गर्न छाडेको थियो । तर आर्थिक अभावका कारण उनले आफ्नो मृगौला फेर्न सकेका थिएनन् । उनलाई तत्काल डायलायशिसमा राखिएको थियो ।

कुन्दनलाई सहयोग गर्न सरकारले चासो नदेखाएपछि जिल्ला क्रिकेट संघ धनुषाको अगुवाईमा जनकपुरमा ‘कुन्दन बचाउ अभियान’ समेत चलाएर युवाहरुले करिव ७ लाख रुपैयाँ संकलन गरि उनको उपचारमा सहयोग पुर्याएका थिए ।

उनको निधनपश्चात क्रिकेट पदाधिकारी, खेलाडी, उनलाई बचाउन लागिपरेका अभियन्ता, परिवारजन तथा शुभचिन्तकहरु गहिरो दुःख व्यक्त गरेका छन् । कुन्दनको हिन्दु परम्पराअनुसार आजै अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top