ताजा समाचार


राष्ट्रिय एकता अभियानद्धारा जनकपुरधाममा विरोध प्रदर्शन

द रियल समाचार     २०७७ पुष २५, शनिबार, १६: ३७ मा प्रकाशित




जनकपुरधाम । मूलुकलाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गर्दै राष्ट्रिय एकता अभियानले आज जनकपुरधाममा वृहत प्रदर्शन गरेको छ । स्थानीय रेल्वे स्टेशनबाट निस्केको जुलुश नगरको विभिन्नको परिक्रमा गर्दै जनक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले विदेशी डलरको लालचमा दलाल नेताहरुको संघीयताको नाममा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्ष बनाइएको आरोप लगाए ।

उनले भने,‘हामी संघीयता विरोधी होइनौं तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन् । हामी लोकतन्त्र पक्षधर भएको हुनाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी रहनेछ ।’ अध्यक्ष यादवले आफुहरुको आन्दोलन भ्रष्टमुक्त, विकासशील र हिन्दु राष्ट्रका लागि जारी रहने बताए ।

कार्यक्रममा अभियानका उपाध्यक्ष सुनिता साहले संघीयता अवसरबाट वञ्चित रहेका मधेशी, आदिवासी, जनजाति, दलित, पिछडिएको वर्गको स्तरोन्नति, विकासमा पहुँचका लागि भनेर ल्याइएपनि अहिले त्यसको ठीक उल्टो तिनीहरुको नाममा सत्तामाथि आफ्नो अधिपत्य जमाउन प्रयोग गर्दै आएको आरोप लगाईन् ।

अभियानका मार्गदर्शक मण्डल सदस्य खेमराज आचार्यले धर्मनिरपेक्षताको नाममा हिन्दुत्वलाई समाप्त पार्ने शासक वर्गको षडयन्त्र आफुहरुलाई स्वीकार्य नरहेको बताउँदै मुलुकलाई हिन्दु राष्ट्र कायम गराउन आफुहरु हदैसम्मको आन्दोलनमा जान तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top