जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह धनुषाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाएका छन् ।
नेकपाको पूर्वघोषित कार्यक्रम अनुसार देशव्यापीरुपमा प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको विरोध गर्दै संविधानमा संसद विघटनको धारा नरहेका विभिन्न धारा उपधाराहरु सहितको विरोधपत्र पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटनको घोषणा गरेर असंवैधानिक ढंगले संसद विघटन गरि प्रतिगमन लाद्न खोजेको भन्दै संसद पुनस्र्थापनाको माग सहित प्रतिगमन कदम तत्काल सच्याउन माग गर्दै प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी मार्फत सो पत्र पठाएको नेकपाका केन्द्रिय सदस्य सुधिर साहले बताए ।
संघर्ष समिति प्रदेश २ का संयोजक समेत रहेका केन्द्रिय सदस्य साहले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको अधिकार नभएकाले संविधानको धारा उपधाराहरु अध्ययन गर्नका लागि जिल्ला प्रशासन कार्यालय मार्फत विरोध पत्र पठाएको स्पष्ट पारे ।
प्रदेश नम्बर २ को सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विरोधपत्र पठाएका छन् ।
प्रतिक्रिया