ताजा समाचार


जनकपुरमा १५५ जना ओली नेतृत्वको नेकपामा प्रवेश

द रियल समाचार     २०७७ पुष २४, शुक्रबार, १९: ०४ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र प्रसाद साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

आज (शुक्रबार) जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष साहको नेतृत्वमा १५५ जनाले पार्टी प्रवेश गरेका हुन् । साहले स्थानीय स्तरमा हुने विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रम र स्थानीय संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेका छन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य रघुवीर महासेठ र विशिष्ठ अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली कुमारी महतोले माला र अबीर लगाएका स्वागत गरेका छन् ।

प्रमुख अतिथि पुर्वमन्त्री महासेठले कम्युनिष्टको आन्दोलनमा जनकपुरधामस्थित देवीचोकको महत्वपुर्ण भूमिका रहेको दावी गरे । त्यस्तै विशिष्ठ अतिथि मन्त्री महतोले जनताले चाहेको समग्र विकासका लागी आफुहरुले काम गर्ने प्रतिवद्धता जनाईन् । उनले जनताको भावना अनुसार काम गर्न नव प्रवेशीहरुलाई समेत आग्रह गरिन् ।

साहको नेतृत्वमा विनोद मण्डल, राकेश साह, दिपक मण्डल, गणेश भगत, रंजित भगत, पुनम महतो, शान्ति देवी मण्डल, सुनैना देवी, विन्दा देवी मण्डल, ममता देवी दास, रिना देवी मण्डल, सिला देवी मण्डल, रामबाबु मण्डल, गोविन्द दास लगायतले पार्टी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, नेकपा धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादव, उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिव शंकर साह (हिरा) , राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुर, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीलगायत नेकपाका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top