ताजा समाचार


११ हजार घुस सहित २ जना अख्तियारको नियन्त्रणमा

द रियल समाचार     २०७७ पुष २३, बिहीबार, १७: १३ मा प्रकाशित




जनकपुरधाम । सर्लाहीको मालपोत कार्यालयबाट सेवाग्राहीसँग घुस लिएको उजुरीको आधारमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

बर्दिबासस्थित अख्तियारको कार्यालयबाट खटेको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नं. २ का राम सुन्दर महतोलाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

जग्गाधनी दर्ता प्रमाण पत्र लालपुर्जामा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवं उजुरीको आधारमा बर्दिवासबाट खटेको टोलीले लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

त्यस्तै नायब सुब्बा बराललाई मालपोत कार्यालय हरिवनबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top