ताजा समाचार


अपाङ्ग संघलाई सुबिधा सम्पन्न बनाउने मन्त्री महतोको उद्घोष

द रियल समाचार     २०७७ पुष २२, बुधबार, १६: ३९ मा प्रकाशित




जनकपुरधाम ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जनकपुरधामस्थित नेपाल अपाङ्ग संघलाई प्रदेश नम्बर २ कै सुबिधा सम्पन्न बनाउने उद्घोष गरेकी छन् ।

आज (बुधबार) नेपाल अपाङ्ग संघको निरिक्षण गर्न पुगेकी मन्त्री महतोले यस्तो प्रतिबद्धता व्यक्त गरिन् । उनले नेपाल अपाङ्ग संघ धनुषालाई नेपाल सरकारद्वारा उपलब्ध गराईदैं आएको सेवा सुबिधाहरु हाललाई रोकिएको हुँदा आफुले पहल गरि पुनः त्यहाँ थप सुबिधाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाईन् ।


उनले यस ठाउँलाई प्रदेश २ कै सुबिधा सम्पन्न बनाउने उद्घोष गर्दै यसलाई अपाङ्गमैत्री अपनत्व संघ बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
साभार : द नेपालटप डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top