जनकपुरधाम । मिथिलाका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको पुन: एउटा नयाँ गीत बजारमा आएको छ । गायक विश्वकर्माले आफ्नो नयाँ युगल गीत ‘दिल दुखायौ तिमीले मेरो’ को भिडियो भर्खरै सार्वजनिक गरेका छन् l
गायक रुद्रसेनकै शब्द रचना तथा संगित रहेको यस गीतमा रुद्रसेन विश्वकर्मा र अन्नु चौधरीको स्वर रहेको छ l गीतमा विशाल निरौलाले म्युजिक एरेञ्ज गरेका छन् l
नेपाली, मैथिली र भोजपुरी गीतहरुलाई निर्देशन गरिरहेका ब्यस्त निर्देशक प्रदिप कुमार रसाईलीको निर्देशनमा निर्मित यस भिडियोको छायांकन योगेश दाहालले गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका छन् l भिडियोमा निर्मल न्यौपाने, रिन्चु क्षेत्री, पवन बराइली र रेनु लिम्बूले अभिनय गरेका छन् l
गीतको भिडियो गीतकार, सङ्गीतकार तथा गायक रुद्रसेनकै अफिसियल युट्युब च्यानल Rudrasen Bishwakarma मा अपलोड गरिएको छ यस गीतलाई निर कुमारी विश्वकर्मा (सविना) ले निर्माण गरेकी हुन् l
गीतको भिडियोमा एउटा प्रेमिकाले आफ्नो प्रेमीलाई तुरुन्तै बिबाह गर्न दबाब दिंदा प्रेमीले केही समय कुर्न भनेपछि उनले अर्कै प्रेमी रोजेकी छिन् l दोस्रो प्रेमी धोकेबाज निस्किए पछि युवती पुन: पहिलो प्रेमीको शरणमा आउँछिन् तर चोखो मायाको कदर नगर्ने अवसरवादी प्रेमिकालाई पहिलो प्रेमीले स्वीकार नगरेको कथा भिडियोमा देखाईएको छ l
यस गीतका शब्द, संगित, गायन सहित म्युजिक भिडियोको सबै पक्ष एकदमै राम्रो रहेको प्रतिक्रियाहरु आइरहेका छन् । गीतलाई श्रोताहरुले एकदमै रुचाइरहेका छन् ।
प्रतिक्रिया