जनकपुरधाम ।
मंगलबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले संसदीय दलको नेतामा शत्रुघन महतोलाई चयन गरेको छ ।
दाहाल–नेपाल समूहका सांसदहरुले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर महतोलाई चयन गरेका छन् । प्रदेशसभा सचिवालयमा बसेको दाहाल–नेपाल समूहको बैठकले ओली पक्षका नेता मण्डललाई हटाएर महतोलाई दलको नेता बनाएका छन् ।
प्रदेश २ मा पार्टी एक रहेको समयमा नेकपासँग ३२ जना सांसद थिए । तर पार्टी दुई समूहमा विभाजन भएपछि दाहाल–नेपाल समूहसँग १९ जना र ओली समूहसँग १३ जना सांसद छन् ।
साभार : द नेपालटप डट कम
प्रतिक्रिया