ताजा समाचार


छलको बलमा संविधान निर्माण भएकोले आज देशले यस्तो नियति भोग्नुपरेको छ : अध्यक्ष ठाकुर

द रियल समाचार     २०७७ पुष २१, मंगलवार, १३: ०९ मा प्रकाशित




जनकपुरधाम ।


जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले छलको बलमा संविधान निर्माण भएकोले आज देशले यस्तो नियति भोग्नुपरेको बताएका छन् ।

जसपा नेपाल निकट राष्ट्रिय इन्जिनियर संघले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतको निर्णय आफूहरुलाई स्वीकार्य हुने समेत बताए । उनले भने,‘संसद विघटनविरुद्धको रिट सर्वोच्च अदालतमा अहिले विचाराधीन अवस्थामा छ । संविधानको अन्तिम व्याख्याता सर्वोच्च नै रहेकोले उसको निर्णय मान्ने बाहेक हामीसँग अर्को विकल्प पनि छैन् ।’ उनले सर्वोच्च अदालतले यदि त्यसलाई सदर ग¥यो भने चुनावको तयारीमा लाग्नुपर्ने स्पष्ट पारे ।

राष्ट्रिय इन्जिनियर संघका केन्द्रिय अध्यक्ष भगवान झाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा बोल्दै ठाकुरले इन्जिनियरहरु राष्ट्र निर्माणमा ठूलो भूमिका निर्वाह गरेको भन्दै इन्जिनियरहरुको खुलेर प्रशंसा गरे । कार्यक्रममा करिव १ सय ५० को संख्यामा युवा इन्जिनियरहरू राष्ट्रिय इन्जिनियर संघमा प्रवेश गरेका छन् । कार्यक्रममा जसपा नेपालका बरिष्ठ नेता राजेन्द्र महतोको समेत उपस्थिती रहेको थियो ।


त्यस्तै जसपाका नेताहरु मृगेन्द्र सिंह यादव, उमाकान्त झा, अकवाल अहमद साह, केशव झा, डा.सुरेन्द्र झा, जितेन्द्र सिंह, मनिष मिश्र, भवेश मिश्र, बिनोद यादव, नेपाल तराई इन्जिनियर समाजका अध्यक्ष डा.अजय झा, सल्लाहकार दिगम्बर झा, पूर्व अध्यक्ष दिलिप झा, उपाध्यक्ष आनन्द सिंह, दिपेन्द्र साह लगायतकाहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top