जनकपुरधाम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओलि समुहका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठलाई धनुषामा कालो झण्डा देखाईएको छ ।
आफ्नो श्रीमती जूली महतोलाई मन्त्री बनाउनका लागि नेता महासेठ प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेको भन्दै उनी निर्वाचित भएको क्षेत्रमै आईतबार उनलाई कालो झण्डा देखाइएको हो।
नेता महासेठलाई धनुषा निर्वाचन क्षेत्र नम्बर-४ स्थित बटेश्वर गाउँपालिकामा नेकपा दाहाल- नेपाल समुहका नेता कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।
ओली पक्षमा लागेर संसद विघटन गर्नेलाई सघाएको भन्दै महासेठ आफ्ना समर्थकहरु सहित बटेश्वर गाउँवासीलाई भेटघाट गर्न गएको बेला बजार नजिक उनलाई कालो झण्डा देखाइएको थियो ।
दाहाल-नेपाल समूहका नेता कुशेश्वर महतो, कृष्ण कुमार महतो, रामकुमार महतो, राजकुमार महतो, रामकुमार पासवान लगायतकाले नेता महासेठलाई कालोझण्डा देखाएका थिए ।
प्रतिक्रिया