ताजा समाचार


प्रदेश २ को कृषि क्षेत्रको समस्या छिट्टै समाधान हुने : मन्त्री साह

द रियल समाचार     २०७७ पुष १९, आईतवार, १८: ५२ मा प्रकाशित




जनकपुरधाम ।


प्रदेश नम्बर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश सरकारले स्थापनाकालदेखिनै कृषिमा ध्यान दिँदै आएको बताएका छन् ।

आइतबार ४० औं विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट कृषकहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस प्रदेशको मुख्य स्रोत कृषि रहेकोले समृद्धि र विकास पनि कृषिमा नै निर्भर रहेको बताए । सिचाईं बिना कृषि क्षेत्रलाई विकास गर्न नसकिने मन्त्री साहले बताए । प्रदेश सरकारले रसायन मल ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइरहेको पनि किसानहरु त्यसको उपयोग गर्न नसकिरहेको उनले धारणा राखे । कृषिको समस्या देशभरि रहेपनि प्रदेश २ को समस्या छिट्टै समाधान हुने मन्त्री साहले बताए ।


कार्यक्रममा आठवटै जिल्लाबाट छनोट भएका विभिन्न किसान समूहबाट १६ जना किसानहरुलाइ २५ हजार नगद, पाग, दोसल्ला , सम्मानपत्र र टीका लगएर मन्त्री साहले सम्मान गरेका थिए । कार्यक्रममा मान्त्रालयका सचिव डाक्टर सम्झना काफ्ले, खाद्य सुरक्षा तथा कृषि ब्यवसाय प्रर्वद्धन महाशाखाका प्रमुख शंकर प्रसाद साह, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका प्रमुख जागेश्वर यादव लगायतकाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top