जनकपुरधाम।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली अहिले महेन्द्रवादी सोचमा अग्रसर भएको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली जनताको प्रतिनिधिमुलुक संस्थाहरुलाई एक पछि अर्को गर्दै समाप्त पारेर राजा महेन्द्र जस्तो तानाशाह बन्न खोजेको उनले आरोप लगाए ।
आज (आईतबार) जनकपुरधाममा समाजवादी युवाहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले राजा रजौटा झैं प्रधानमन्त्री ओली नश्लवादी र तानाशाही बन्न खोजेको आरोप लगाए । उनले प्रधानमन्त्रीलाई निरंकुश, तानाशाह, महेन्द्रवादीको संज्ञा दिदै उनी कमाउनिष्टहरुको नेता रहेको आरोप लगाए । उनले ओलीले संघीयतालाई समाप्त पार्नका लागि अन्तिममा मुलुक सैनिकको हातमा दिएर संविधान नै समाप्त पार्ने दाबी समेत गरे ।
अध्यक्ष यादवले आफ्नो पार्टीभित्रको आन्तरिक विवादलाई मिलाउन नसकेको प्रधानमन्त्री ओलीले मुलुकमा नै आगो लगाईदिएको बताउँदै अहिले देउवा र ओलीको बोली एउटै रहेको र लोकतन्त्रवादी पार्टी भन्ने काँग्रेस अहिले ओलीको पछुवा बनेको आरोप लगाए । उनले भने,‘ओली यस्ता व्यक्ति हुन जो जनताको मत लिएर प्रधानमन्त्री बने र अहिले आएर जनताकै अधिकार ध्वस्त पार्न उद्वत छ्न, त्यसैले उनी भष्मासुर हुन ।’
नेता यादवले देशको संविधान परिमार्जन गरेर सबैको संविधान बनाउनुको साटो प्रधानमन्त्री ओली प्राप्त अधिकारलाई नष्ट पार्ने गरी संविधानमाथी नै धावा बोलेको आरोप लगाए ।
उनले भने,‘२००७ सालको अन्तरिम संविधान राजा त्रिभुवनले कार्यान्वयन हुन दिएनन्, २०१७ मा राजा महेन्द्रले कु गरे, पछि ज्ञानेन्द्रले त्यही गरेर तानाशाह बन्ने कुचेष्टा गरे, के भयो ? जनताले आन्दोलन गरेर राजतन्त्रलाई नै उखालेर फालिदिए ।’
कार्यक्रममा जसपाका नेता शरदसिंह भण्डारीले ओली प्रवृति देशमा संघियता नै नचाहेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गरेर चुनाव गराउनु नभएर एकल जातीय तथा नश्लिय साशन अगाडी बढाउने ध्येय रहेको आरोप लगाए ।
साभार : द नेपालटप डट कम
प्रतिक्रिया