जनकपुरधाम ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदम विरुद्ध विभिन्न चरणको आन्दोलन गर्नका लागि दाहाल-नेपाल समूहले संघर्ष समिति गठन गर्ने कार्यको शुरुवात गरेको छ ।
शनिवार धनुषा जिल्ला कार्यसमितिले केन्द्रिय सदस्य सुधिर साहको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय संघर्ष समिति गठन गरेको हो ।
केन्द्रिय सदस्य रामचन्द्र झाको प्रमुख आतिथ्य एवं धनुषा जिल्ला इन्चार्ज श्रवण बरबरिया यादवको अध्यक्षतामा बसेको बैठकबाट गठित सो संघर्ष समितिको सह संयोजकमा दिपक यादवलाई चयन गरिएको छ ।
आजको बैठकमा केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य शत्रुध्न महतो, केन्द्रिय सदस्य रत्नेश्वरलाल गोइत, यदुवंश झा, श्रीप्रसाद साह, बोधमाया यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
जनकपुरधाममा सम्पन्न प्रदेश कमिटिको भेलाबाट पुस १८ गतेभित्र प्रदेश २ का जिल्लाहरुमा संघर्ष समिति गठन गर्ने निणर्य गरिएको थियो । सोही निणर्य बमोजिम धनुषा सहित अन्य जिल्लामा समेत संघर्ष समिति गठन गरिएको बताइएको छ ।
प्रतिक्रिया