जनकपुरधाम ।
शनिबार जनकपुरमा आयोजित एक कार्यक्रमका बिच जय श्री परशुराम मञ्च नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ ।
आज भएको संस्थाको प्रथम सम्मेलनबाट रजनिश पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । मञ्चको उपाध्यक्षमा दिपक पाण्डे, महासचिवमा दिपक कुमार मिश्र, सचिवमा नवीन मिश्र, कोषाध्यक्षमा राजेश दुबे र सह कोषाध्यक्षमा समीर मिश्रलाई चयन गरिएको छ । त्यस्तै नवगठित कार्यसमितिका बरिष्ठ सदस्यहरुमा गोबिन्द राय चन्दन, आनन्द मिश्रा, जितेन्द्र ठाकुर, रामभक्त ठाकुर र सुजित ठाकुर रहेका छन् ।
मैथिली बिकास कोषका अध्यक्ष जिबनाथ चौधरीको प्रमुख आतिथ्यमा मञ्चको उदघाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व सांसद केदार नन्दन चौधरीको समेत बिशेष उपस्थिति रहेको थियो ।
तस्बिरहरु : गोबिन्द राय चन्दनको फेसबुक वालबाट
प्रतिक्रिया