जनकपुरधाम ।
प्रदेश नम्बर २ मा महोत्तरी बाहेक सबै जिल्लाका क्वारेन्टाईनहरु खाली भएका छन् भने आईसोलेसनमा पर्सा जिल्लामा मात्रै एकजना रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यस प्रदेशमा आजसम्म ६ हजार ८ सय ३० बेड क्षमताको १ सय ४१ वटा क्वारेन्टाइनहरु रहेपनि महोत्तरीमा मात्रै ३५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै प्रदेशभरिमा ९ सय २७ बेड क्षमताको आईसोलेसन रहेपनि पर्सामा एकजना मात्रै आईसोलेसनमा भर्ना छन् । बाँकी सबै जिल्लाका क्वारेन्टाइन र आईसोलेसन सेन्टरहरु खाली रहेका छन् ।
सप्तरी जिल्लाको ३ सय ८५ बेड क्षमताको १९ वटा, सिरहाको १ सय ८५ बेड क्षमताको ८ वटा, धनुषाको २ हजार १ सय १५ बेड क्षमताको ५२ वटा, सर्लाहीको ४ सय २२ बेड क्षमताको ३ वटा, रौतहटको १ हजार १ सय ९० बेड क्षमताको २३ वटा, बाराको १ हजार २ सय २८ बेड क्षमताको १६ वटा र पर्साको १ हजार २ सय ५५ बेड क्षमताको १९ वटा क्वारेन्टाइनहरु खाली छन् । महोत्तरीको ५० बेड क्षमताको एउटा क्वारेन्टाइनमा ३५ जना रहेका छन् ।
त्यस्तै सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, सर्लाहीमा ५०, रौतहटमा ८४ र बारामा रहेको १५ बेक्ष क्षमताका सबै आईसोलेसन सेन्टरहरु पनि खाली रहेका छन् भने महोत्तरीमा अहिले आईसोलेसन सेन्टर नै छैन् । पर्सामा रहेको ३ सय ८६ बेड क्षमताको आईसोलेसन सेन्टरहरु मध्ये एक ठाउँमा मात्रै एकजना भर्ना छन् ।
यस प्रदेशमा सिरहामा २६, महोत्तरीमा ६० र रौतहटमा ३ जना गरि जम्मा ८९ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा छन् भने सप्तरीमा १३, सिरहामा १७, धनुषामा ६५, महोत्तरीमा १४, सर्लाहीमा २९, रौतहटमा ५, बारामा ११ र पर्सामा ५५ गरि २ सय ९ जना होम आईसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा २१ हजार १ सय १२, सिरहामा १२ हजार २ सय ७, धनुषामा १९ हजार ७ सय २१, महोत्तरीमा ८ हजार ७ सय ५१, सर्लाहीमा १४ हजार ४ सय ९५, रौतहटमा २४ हजार ३ सय ४, बारामा १२ हजार ५ सय २३ र पर्सामा ३० हजार १ सय ५० गरि जम्मा १ लाख ४३ हजार २ सय ६३ जनाको स्वाब परिक्षण गरिएकोमा १७ हजार १ सय १२ जना संक्रमित भएका छन् भने १ लाख २६ हजार ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
त्यस्तै सप्तरीमा १६, सिरहामा १०, धनुषामा ३१, महोत्तरीमा ११, रौतहटमा २२ र पर्सामा २२ गरि कुल १ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज स्वाब संकलन गरिएको छैन् ।
प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ३ हजार २ सय ५५ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ६ सय ४१, रौतहटमा २ हजार १ सय ६८, सर्लाहीमा २ हजार ४७, सप्तरीमा १ हजार ८ सय ३०, महोत्तरीमा १ हजार ८ सय २१, बारामा १ हजार ६ सय ९८ र सिरहामा १ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १६ हजार ६ सय ९३ जना निको भई आ–आफ्नो घर फर्किसकेका छन । जसमध्ये १४ हजार २ सय ५१ पुरुष र २ हजार ४ सय ४२ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या २ सय १० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४० महिला र १ सय ६९ पुरुष गरि २ सय ९ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ५१, सप्तरीमा ४१, सिरहामा २५, धनुषामा २५, बारामा २४, महोत्तरीमा १८, सर्लाहीमा १४, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
आज यस प्रदेशमा एकजना कोरोना संक्रमित भएका छन् भने ३६ जना व्यक्ति निको भएर आ–आफ्नो घर फर्किसकेका छन् । निको हुनेहरु मध्ये २५ पुरुष र ११ महिला रहेका छन् । आज संक्रमित हुनेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–१ बस्ने ३४ वर्षीय एक पुरुष रहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
सरकारले तोकेको मापदण्डअनुसार जाँचको दायरा कम भएकाले संक्रमितको संख्या घटेको उनले बताए । उनले भने,‘सुरुमा संक्रमित भेटिँदा उनको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्याक्ट ट्रेसिङ गरी अनिवार्य परिक्षण गरिन्थ्यो । तर, अहिले सरकारले बढी समस्या रहेका व्यक्तिलाई मात्र परीक्षण गर्ने नियम बनाएकोले पछिल्लो समय संक्रमणको प्रभाव र लक्षणबिनाको संक्रमित भएर संख्या घटेको हो ।’
साभार : द नेपालटप डट कम
प्रतिक्रिया