जनकपुरधाम ।
सर्लाहीमा शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले ठक्कर दिंदा एकजना पैदल यात्रु घाइते भएका छन् ।
मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले ठक्कर दिंदा लालबन्दी नगरपालिका वडा नं. ८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिए ।
रौतहटबाट महोत्तरीको एक कार्यक्रममा सहभागी हुन आईरहेको क्रममा मन्त्री साह सवार गाडीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा पैदल यात्रु तामाङलाई ठक्कर दिंदा उनी घाइते भएका छन् ।
घाइते तामाङको कम्मर र खुट्टामा चोट लागेको र उनको उपचार हरिवनस्थित स्थानिय एक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया