जनकपुरधाम,पुष १७ गते ।
अन्तर्राष्ट्रिय नयाँ वर्ष सन् २०२१ को सुख्द् अवसरमा नेपाल भारतका सर्वसाधारणहरुको आज (शुक्रबार) एकाविहानैदेखि जनकपुरधामस्थित विश्व प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्न घुइंचो लागेकोे थियो ।
नेपाल भारतका सीमा नाकाहरु विश्वव्यापी कोरोना महामारीका कारण बन्द रहेको र सबै सवारी साधनहरु ठप्प भएकाले भारतबाट श्रद्धालु भक्तजनहरुलाई जनकपुरधाम आउन असहज भएपनि पैदल हिंडेर भारतीयहरु माता जानकीको दर्शन पूजन गर्न आएका थिए ।
नयाँ वर्षको खुशीयाली मनाउन आन्तरिक र बाह््य पर्यटकहरु आज यहाँ अत्यधिक संख्यमा आएकोले खचाखच भरेपछि चहलपहल समेत बढेको थियो ।
सो अवसरमा जानकी मन्दिरमा साधु भण्डाराको पनि आयोजन गरिएको थियो ।
जनकपुरधाममा होटल र फलफूल,प्रसाद, खेलौना, कपडा लगायतका व्यवसाय कारोबार समेत राम्रो चलेको व्यापारीहरुले जानकारी दिए ।
प्रतिक्रिया