जनकपुरधाम, पुष १६ गते ।
जनकपुरधाममा जारी इन्टर स्कुल क्रिकेट रनिङ्ग कप प्रतियोगितामा पत्रकार र आयोजक कमिटी बिच आज भएको मैत्रिपुर्ण खेलमा आयोजक टिम २२ रनले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको आयोजक टिमले निर्धारित १६ ओभरमा २ विकेटको क्षतिमा १ सय १६ रन बनाएका थिए । ब्याटिङ्ग तर्फ आयोजक टिमका लागि शोभाकान्त पाण्डेले आक्रामक ब्याटिङ्ग गर्दै २९ र आनन्द झाले २१ रन बनाएका थिए ।
जवाफमा पत्रकारहरुको टिम मात्र ९४ रन बनाउन सकेको थियो । पत्रकारहरुको टिमबाट अजय कुमार झाले सर्वाधिक १४ रन बनाएका थिए भने जयन्त ठाकुरले १२, अवधेश कामतले ५ रनको योगदान गरे ।
पत्रकारहरुको टिमलाई सस्तैमा समेट्न हिराभगत र गुणवन्त सिंहले १÷१ विकेट लिएका थिए । त्यस्तै पत्रकारहरुको टिमबाट कमलेश ठाकुर र अजय कुमार झाले १÷१ विकेट लिएका थिए ।
प्रतिक्रिया