जनकपुरधाम, पुष १६ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली समुहले वीरगञ्जमा प्रदेश भेला आयोजना गरिरहँदा दाहाल–माधव समुह समेत भेलामा जुटेको छ ।
नेकपा औपचारिकरुपमै विभाजन भइसकेपछि दाहाल–माधव समुहले प्रदेश २ मा औपचारिकरुपमै भेला गर्न लागेको हो । दाहाल–माधव समुहले आज जनकपुरधाममा प्रदेश भेलाको आयोजना गर्न लागेको हो।
केन्द्रिय सदस्य तथा प्रचारपसार विभागका श्रीप्रसाद साहले प्रदेश भेलाको तयारी पुरा भएको जानकारी दिंदै सांगठिनक र आगामी रणनीति तय गर्नका लागि यो भेला आयोजना गर्न लागिएको बताए ।
साहले यस प्रदेश भेलामा ८ वटै जिल्लाबाट करिब ३ सय जना प्रदेश समितिका सदस्य, केन्द्रिय सदस्य, जिल्लाका पदाधिकारी, निर्वाचित तथा पूर्व सांसद एवं प्रदेशसभा सदस्यहरु सहभागी हुने जानकारी दिए । साहले बिधान र निर्णय विपरित प्रधानमन्त्री ओलीले मनोमानी रुपमा अराजक तरिकाले बढ्न खोज्दा पार्टी फुटेको बताए ।
आजको प्रदेश भेलामा स्थायी समिति सदस्य तथा पूर्व मन्त्रीहरु मातृका प्रसाद यादव, गिरिराजमणि पोखरेल, गणेश साह, विश्वनाथ साह लगायत दर्जनौँ नेताहरुको सहभागिता रहने बताइएको छ ।
प्रतिक्रिया