जनकपुरधाम, पुष १५ गते ।
जनकपुरधाममा राजावादीहरुले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारस शाहको ५० औं जन्मोत्सव मनाएका छन् ।
बुधबार बिहान जनकपुरधामस्थित विद्यापतिचोकको विद्यापती स्मारकमा राष्ट्रवादी नागरिक समाजले शाहको ५० औं जन्मदिवस केक काटेर मनाएका हुन् ।
समाजका धनुषा संयोजक मुनु झाको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै पूर्व राजा शाहका समर्थक चन्द्रमोहन चौधरीले राजतन्त्र फ्यालेर वर्तमान सरकारले जनतामारा कार्य गर्दै आएको आरोप लगाए । उनले देशमा राजतन्त्र पुनःस्थापना गर्ने दाबी समेत गरे ।
शाहको जन्मोत्सवको अवसरमा राष्ट्रवादी नागरिक समाजले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
प्रतिक्रिया