ताजा समाचार


ब्राह्मण समाजद्धारा नगराइनमा ५५ थान कम्बल वितरण

द रियल समाचार     २०७७ पुष १५, बुधबार, १७: २५ मा प्रकाशित




जनकपुरधाम, पुष १५ गते ।


तराई मधेशमा बढेको जाडोबाट ज्येष्ठ नागरिकहरुलाई सुरक्षित राख्ने उद्देश्यका साथ ब्राह्मण समाज नेपालले कम्बल वितरण गरेको छ ।
समाजले धनुषाको नगराइन नगरपालिका वडा नम्बर–७ र ८ स्थित खिरखिरया र डेबडिहामा ५५ जना गरिब तथा एकल महिलालाई कम्बल वितरण गरेको समाजका अध्यक्ष कौशलेन्द्र मिश्रले जानकारी दिए ।

समाजका अध्यक्ष मिश्रले ज्येष्ठ नागरिकहरु यस समयमा बढि प्रभावित हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्बल वितरण गरिएको बताए ।
समाजले यसअघि दक्षिणी भेगका सबै गाउँको घरघरमै गएर मास्क वितरण समेत गरेको थियो । त्यस्तै समाजको पहलमा सिलाईकटाईको तालिम तथा पाग बनाउने तालिम समेत सञ्चालन गरिएको अध्यक्ष मिश्रले बताए ।


कम्बल वितरण कार्यक्रममा ब्राह्मण समाज नेपालका अध्यक्ष कौशलेन्द्र मिश्र, सदस्यहरु दिबाकर झा, प्रभाष झा, मना झा, इन्द्रेश मिश्र, कोमल झालगायतकाहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top