ताजा समाचार


३ वटा गाडी एक आपसमा ठोक्किदा २ को मृत्यु, २ घाइते

द रियल समाचार     २०७७ पुष १५, बुधबार, १६: ३९ मा प्रकाशित




जनकपुरधाम, पुष १५ गते ।

धनुषाको धनुषाधाम नगरपालिका–९ धारापानीमा एक भारतीय ट्रक र ईन्धन बोक्ने टयाङ्कर एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा परि मृत्यु हुनेमा को १ ख २३३८ नम्बरको ट्याङ्कर चालक प्रदेश नम्बर १ मोरङ्गको विराटनगर वडा नम्बर–४ बस्ने ३६ वर्षीय अर्जुन कुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीला कुमार रहेका छन् ।


घाईते हुनेमा टयाङ्करका सहचालक विराटनगर–४ बस्ने धनराज यादव र नाम खुल्न नसकेका भारतीय ट्रकका सहचालक रहेका छन् । घाइते मध्ये भारतीय ट्रकका सहचालकको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ च ९३१७ नम्बरको बोलेरो गाडीलाई पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको तथा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल टयाङ्कर सोही भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।


टाउकोमा गम्भिर चोट लागेका चालक मण्डललाई प्रादेशिक अस्पाल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यू भएको बताईएको छ । त्यस्तै रंगीलाको उपचारको क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको प्रहरी इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top