काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ ।
प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरका अनुसार जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो ।
घटनास्थलबाट जिलेटीन लगायतका केही सामाग्री बरामद भएको छ । कोही पनि पक्राउ परेका छैनन् ।
विप्लव समूहका नेता–कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो । प्रहरीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको प्रहरीले जनाएको छ । विप्लव समूहका कार्यकर्ता जंगलतीर भागेका छन् ।
प्रतिक्रिया