काठमाडौंः नेकपा नेता ईश्वर पोखरेल सूर्य चिन्ह लिएर जनता माझ जाने बताएका छन् ।
आज काठमाडौं क्षेत्र नं.५ को नेकपा अगुवा कार्यकर्ता भेलामा उनले ताजा जनादेश लिन सूर्य चिन्ह लिएर जनता माझ जाने बताएका हुन् ।
नेकपालाई फुट नभई बलियो बनाएर लैजाने तर्क पनि उनले गरे । उनले भने,‘ताजा जनादेश लिन सूर्य चिन्ह लिएर जनता माझ जान्छौं’ पार्टी विभाजन जनताको म्यान्डेड नभएकोले विगतका उद्देश्य पुरा गर्न पनि एकताबद्ध हुनुपर्ने बताए ।
आफ्नो क्षेत्रमा पार्टी फुटको छिटा पनि पर्न नदिने उनको भनाइ छ । नेकपाभित्रका सदस्यलाई पूर्व एमाले वा पूर्व माओवादी भन्न नहुने भन्दै पोखरेलले नेकपा भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
पोखरेलले भाग पाउने लोभले अर्को समूहमा जाने प्रवृत्ति त्याग्नुपर्ने भन्दै पार्टीका लागि लड्नेहरुलाई निराश नपार्ने बताए । आफु मन्त्रीपरिषद्को कार्यालयमा रहेको भन्दै उनले ठूला-ठूला आयोजनाको अनुगमन गर्नुपर्ने धारणा राखे । उनले सम्पत्ति शुद्धिकरण, अनुसन्धानलगायत ठूला-ठूला परियोजना आफूले हेरिरहेकोसमेत जानकारी दिएका छन् ।
प्रतिक्रिया